काठमाडौँ – साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उच्च गिरावट आएको छ । आइतबार ३१.९७ अंकले घटेको बजार १८८५.३१ विन्दुमा आएर रोकियो । यो १.६७ प्रतिशतको गिरावट हो ।
आइतबार कारोबार भएका कुल २५३ सूचीकृत धितोपत्रको २४ हजार ६४४ वटा कारोबारबाट ३५ लाख १२ शजार ८३४ कित्ता सेयर किनबेच भएको छ । आइतबार १ अर्ब १० करोड ३४ लाख ४ हजार ४५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आइतबार सबैभन्दा धेरै गुमाउने कम्पनीमा भने नेडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता छन् । यस कम्पनीको मूल्यमा नकारात्मक सर्किट लागेको छ । पाँचथर पावर कम्पनीको ६.९७ प्रतिशतले मूल्य घट्दा नेपाल इन्भेष्टमेन्ट बैंकका लगानीकर्ताले ५.७४ प्रतिशतको घाटा बेहोरेका छन् । आइतबार शिवम् सिमेन्ट, नविल बैंक, हिमालय डिष्ट्रिलरीलगायत कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्