काठमाडौंबाट विश्वकप फुटबलको सट्टेबाजी गराउने कार्यमा संलग्न दुई जना पक्राउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ मंसिर २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – कतार विश्वकप फुटबल प्रतियोगिताको सट्टेबाजी गराउने कार्यमा संलग्न दुई जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना नेपाली नागरिक र अर्का भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता कृष्ण कोइरालाले लाजिम्पाटबाट रुद्र पोखरेल र भारतीय नागरिक पवन कुमारलाई पक्राउ गरिएको जानकारी दिए ।
उनीहरुले डायमण्ड एक्स नामक एपमार्फत सट्टेबाजी गराउने गरेको खुलेको कोइरालाको भनाइ छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । राजधानीमा फुटबलको सट्टेबाजी खेल खेलाउने क्रम बढ्दै गएपछि प्रहरीले सक्रियता बढाएको बताइएको छ ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्