टर्किस दूतावास काठमाडौँमा खोल्ने सहमति

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ मंसिर २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – टर्किस दूतावास नेपालमा खोल्नका लागि दुवै मुलुक सहमत भएका छन् ।

नेपाल र टर्कीका परराष्ट्रमन्त्रीहरु बीचको टेलिफोन संवादको दौरान टर्कीले नेपालमा दूतावास खोल्ने सम्बन्धमा दुवै मुलुक सहमत भएका हुन् । अहिले टर्कीले भारतमा रहेको आफ्नो दूतावासबाटै नेपालमा पनि काम गर्दै आइरहेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार शुक्रबार परराष्ट्र मन्त्री नारायण खड्का र टर्कीका परराष्ट्र मन्त्री मेवलट चाभुसोग्लुबीच भएको संवादमा नेपालमा द्विपक्षीय सहकार्य र चासोको विषयहरूसहित दूतावास खोल्ने सम्बन्धमा पनि सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array