पोर्चुगललाई हराउँदै मोरक्को सेमिफाइनल प्रवेश,बन्यो सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन टिम

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ मंसिर २०७९, शनिबार
1 Min Read
Aa

विश्वकप फुटबल अन्तर्गत भएको क्वाटरफाइनल खेलमा पोर्चुगललाई १-०ले हराउँदै मोरक्को फिफा विश्वकप २०२२ को सेमिफाइनल प्रवेश गरेको छ । मोरक्को विश्वकप फुटवल प्रतियोगिताको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन राष्ट्र बनेको छ ।

मोरक्कोलाई ऐतिहासिक सफलता दिलाउन क्रममा ४२औं मिनेटमा युसुफ एन नेस्रीले अतिहा अल्लाहको असिस्टमा निर्णायक गोल गरे । उनको यो गोल यो विश्वकपकै उत्कृष्ट हेड गोल मान्न सकिन्छ ।

- Advertisement -
Ad image

इन्जुरी टाइममा मोरक्कोका वालिद चेडिराले दोहोरो पहेँलो कार्ड पाएपछि मोरक्को दश खेलाडीमा रहेर खेल अन्त्य गरेको थियो ।

पोर्चुगलले आफ्ना स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोलाई पहिलो रोजाइमा मैदान उतारेन । रोनाल्डोलाई दोस्रो हाफको ५१औ मिनेटमा मैदान उतारिएको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्