कुख्यात होलीवाइन(युनिफिकेसन चर्च)का नेपाल प्रमुख एकनाथ ढकाल एमालेद्वारा पुरस्कृत,बने सांसद

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ मंसिर २०७९, शनिबार
1 Min Read
Aa

होलीवाइनको नामले कुख्यात युनिफिकेसन चर्चका नेपाल प्रमुख एकनाथ ढकाल नेकपा एमालेको तर्फबाट समानुपातिक कोटा अन्तर्गत प्रतिनिधिसभा सदस्य भएका छन् । जनस्तरमा अत्यन्तै आलोचित युनिफिकेसन चर्चका नेपाल प्रमुख ढकालकै नेतृत्वमा युनिफिकेसन चर्चको कार्यक्रम नेपालमा भव्य रूपमा भएको थियो ।

युनिफिकेसन चर्चको उक्त कार्यक्रमका लागि एमाले अध्यक्ष एवम् तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली तिन दिन होटल सोल्टीमा बसेका थिए । युनिफिकेसन चर्चकि प्रमुख मोदर मूनले एमाले अध्यक्ष ओलीलाई एक करोड रुपैयाको पुरस्कार प्रदान गरेकी थिइन् ।

- Advertisement -
Ad image

केपी ओली तत्कालिन नेकपाका दुई अध्यक्ष मद्धे एक थिए । ओलीले उक्त कार्यक्रममा सवै नेतालाई अनिवार्य उपस्थितिको लागि फर्मान जारीगरेका थिए । उक्त कार्यक्रममा वर्तमान एमालेका अधिकांस नेता सहभागी भएका थिए । ओलीले उक्त कार्यक्रममा उपस्थित सवैलाई होलिवाइन पान गराएका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्