एमालेले पार्टीको अनुशासन उल्लङ्घन गरेको भन्दै केन्द्रीय स्तरका १४ नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।
प्रवक्ता पृथ्वी सुब्बा गुरुङका अनुसार स्थायी समिति सदस्य घनश्याम भुसाल र प्रभु साह त्यस्तै केन्द्रीय सदस्यहरू रौतहटका उपेन्द्र शाह र कुन्दन कुसवाह, सिराहाका रामप्रित राम , सर्लाहीका बद्री न्यौपाने र रिता साह दाङकी गंगा चौधरी र टेकबहादुर बलम्पाखीलाई निष्कासन गरिएको छ ।
यस्तै अर्थ तथा योजना विभागका सचिव योगेन्द्र शाही पनि निष्कासनमा परेका छन् ।
यस्तै पार्टीका सल्लाहकार ताप्लेजुङका वाङ्दे शेर्पा, कञ्चनपुरका खेम सुबेदी र भक्तबहादुर अधिकारी तथा कैलालीका लक्ष्मी साह साथै पार्टीको समानुपातिक उम्मेदवार जैतुन खातुनलाई समेत निष्कासन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्