चोभार–पाटन सबस्टेसन जोड्ने १३२ केभी भूमिगत प्रसारणलाइन निर्माणको लागि सार्वजनिक सूचना जारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ मंसिर २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं–
नेपाल विद्युत प्राधिकरणले चोभार–पाटन सबस्टेसन जोड्नेगरी १३२ केभी भूमिगत प्रसारणलाइन आयोजनाको काम छिटै निर्माण गर्ने भएको छ । काठमाडौं र ललितपुरका बिभिन्न स्थान समेट्ने यो आयोजनाले डबल सर्किट प्रसारणलाइन निर्माण गर्ने भएको हो। यसका लागि प्राधिकरणको सामाजिक सुरक्षण तथा वातावरण व्यवस्थापन विभागले शनिवार सार्वजनिक सूचना जारी गर्दै सरोकारवालाको रायरसुझाव माग गरिसकेको छ ।
प्रस्तावित आयोजनाले चोभार, कीर्तिपुर–६ मा निर्माणाधीन चोभार सबस्टेसनबाट लगनखेल, ललितपुर मनपा–५ को पाटन सबस्टेसनसम्म करिब ५ किलोमिटर लम्बाइको डबल सर्किट भूमिगत प्रसारणलाइन निर्माण गर्नेछ ।

उक्त प्रसारणलाइनमा तारलाई उद्‍गम विन्दुदेखि अन्तिम विन्दुसम्म पक्की सडकमुनि बिछ्याइने छ। प्रसारणलाइनमा ९ वटा जोइन्ट पिट रहने प्राधिकृनले जारी गरेको सूचनामा उल्लेख छ। तार भूमिगत गर्दा खाडल खनिने र केही ठाउँमा तेर्सो ड्रिलिङ विधि प्रयोग गरिने पनि प्राधिकरणले जनाएको छ । आयोजनाको प्रस्तावित क्षेत्र कीर्तिपुर–६ र ललितपुर महानगरका ४,५, १३, १४ र १८ नम्बर वडा पर्ने सूचनामा जनाइएको छ । आयोजनामा काम थाल्नु अघि प्राधिकरण वातावरणीय परीक्षण प्रतिवेदन तयारीको चरणमा छ ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्