काठमाडौं – आज शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । आज शेयरबजार खुलेको केही समयसम्म झिनो अंकको सुधार देखिएपनि कारोबार बन्द हुने बेलासम्म नेप्से सूचक १६ अंकले घटेर १९१७ विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत २४६ कम्पनीको ८० लाख ९२ हजार ७१९ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ६५ करोड ४६ लाख रुपैयाँमाथिको कारोबार भएको छ । आज नेप्से घटेपनि कारोबार रकम भने माथि उक्लिएको छ ।
सर्वाधिक आज सानिमा बैंकको प्रोमोटर शेयर मात्रै ६७ करोडमाथि भएको छ । त्यस्तै, आज नेप्से घटेपनि खप्तड लघुवित्तको ६.०९ प्रतिशतले शेयरमुल्य बढेको छ ।
प्रतिक्रिया दिनुहोस्