यस्तो छ आजको मौसम पूर्वानुमान

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान देशको पहाडी भू-भागका थोरै स्थानहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहेको छ ।

दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागका साथै लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी रहनेछ । राती प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहनेछ।

- Advertisement -
Ad image

तराई भू-भागमा कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्