काठमाडौँ – नेपाल राष्ट्र बैंकले ६ अर्ब रुपैयाँ बढीको ट्रेजरी बिल आफैले खरिद गरेको छ । राष्ट्र बैंकले सोमबार बोलकबोल गरी मंगलबार १९ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गरेको छ।
तीमध्ये ६ अर्ब १९ करोेड ९ लाख रुपैयाँबराबरको ट्रेजरी राष्ट्र बैंकले किनेको हो। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले बाँकी १३ अर्ब १५ करोड १ लाख रुपैयाँको ट्रेजरी बैंक तथा वित्तीय संस्थाहरुले नवीकरण गरिएको छ।
२८ दिने ट्रेजरी खरिदका लागि ११ बैंक तथा वित्तीय संस्थाले २९ वटा आवेदनमार्फत ११ अर्ब १२ करोड रुपैयाँबराबरको बोलकबोल पेस गरेका थिए। राष्ट्र बैंकका अनुसार त्यसमा न्यूनतम ८.३९९९ प्रतिशत, अधिकतम ११.९७०४ प्रतिशत र औसत ९.५३३४ प्रतिशत ब्याजदर कायम भएको छ। यस्तै ९१ दिने ट्रेजरी खरिदका लागि १४ बैंक तथा वित्तीय संस्थाले ४३ वटा आवेदनमार्फत ४ अर्ब ८८ करोड रुपैयाँबराबरको बोलकबोल पेस गरेका थिए। यसमा न्यूनतम १०.४८२५ प्रतिशत, अधिकतम १०.९७०० प्रतिशत र औसत १०.८३०३ प्रतिशत ब्याजदर तोकिएको छ।
त्यसैगरी १८२ दिने ट्रेजरी खरिदका लागि १७ बैंक तथा वित्तीय संस्थाले ५९ वटा आवेदनमार्फत ८ अर्ब ४४ करोड १ लाख रुपैयाँबराबरको बोलकबोल पेस गरेका थिए। यसमा न्यूनतम १०.६८४४ प्रतिशत, अधिकतम १२.०००१ प्रतिशत र औसत ११.७५४७ प्रतिशत ब्याजदर कायम भएको राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्