देउवा र शशांक कोइरालाबिच भेटवार्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासित पार्टीका पूर्वमहामन्त्री डा। शशांक कोइरालाले भेटवार्ता गरेका छन् । देउवालाई भेट्न शशांक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास पुगेका हुन् ।

निर्वाचित भएपछि दुई नेताबीच मंगलबार बिहान पहिलोपटक भेटवार्ता भएको हो । भेटका क्रममा देउवाले संसदीय दलमा आफूलाई सहयोग गर्न आग्रह गर्दै भोट मागेका थिए ।

- Advertisement -
Ad imageAd image

“मलाई संसदीय दलमा सहयोग गर्नुहोला,” शशांकनिकट स्रोतका अनुसार देउवाले भनेका थिए, “गठबन्धनलाई लिएर जान म नै प्रधानमन्त्री बन्नुपर्ने अवश्यकता छ ।”

देउवाले भोट माग्दा शशांकले हाँसेर मात्र टारेका थिए । “फेरि भेटौँला, तपाईं भीडभाडमा हुनुहुँदो रहेछ,” शशांकले जवाफमा देउवालाई भनेका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्