विश्वकप फुटबल अन्तर्गत भएको प्रि-क्वाटरफाइनल खेलमा पोल्याण्डलाई १-३ गोल अन्तरले हराउदै फ्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको छ । ओलिभर जिरुड र केलिएन एमबाप्पेले कीर्तिमानी गोल गरेपछि पोल्याण्डलाई पराजित गर्दै साविक विजेता फ्रान्स फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
खेलको ४४ मिनेटमा ओलिभर जिरुडले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए । यो गोलसँगै जिरुडले फ्रान्सका लागि सर्वाधिक ५२ गोल गर्ने कीर्तिमान बनाए । यस अघि यो किर्तिमान ५१ गोल सहित थियरी हेनरीको नाम थियो ।
त्यस्तै खेलको ७४औ मिनेटमा गोल गर्दै केलिएन एम्बाप्पेले फ्रान्सको अग्रता दोव्वर बनाए । यो गोल सँगै उनले २४ बर्षको उमेरमानै ७ गोल गर्ने पेलेको रेकर्ड ब्रेक गरे । त्यस्तै खेलको ९०+१ मिनेटमा एम्बाप्पेले गोल गर्दै खेलको विजय सुनिश्चित गरे ।
त्यस्तै खेलको अतिरिक्त समयमा चौथो मिनेटमा पोल्याण्डले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर)को सहयोगमा पेनाल्टी पाएको थियो । जसमा लेवान्डोस्कीले गोल गरे । सुरुमा फ्रान्सका गोलकिपर ह्युगो लोरिसले लेवान्डोस्कीको प्रहार रोकेका थिए । तर, पेनाल्टी प्रहार गर्नुअघि नै गोलरक्षक लोरिसले लाइन छाडेको भन्दै रेफ्रीले पुनः पेनाल्टी प्रहारको अवसर दिए । दोस्रोपल्ट पाएको अवसरमा लेवाण्डोस्कीले गोल गरे ।
यो खेल सँगै एम्बाप्पे ५ गोल सहित विश्वकप २०२२ को सर्वाधिक गोल कर्ताको अग्रस्थानमा पुगेका छन् ।


प्रतिक्रिया दिनुहोस्