लुम्बिनीको राजधानी बुटवलबाट नसार्न निर्वाचित चार प्रदेशसभा सदस्यको आग्रह

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ मंसिर २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – लुम्बिनी प्रदेशका नवनिर्वाचित चार प्रदेशसभा सदस्यले प्रदेशको राजधानी बुटवलबाट दाङ सार्न खोजिएको प्रति आपत्ति जनाएका छन् ।

आइतबार विज्ञप्ति जारी गर्दै नेकपा (एमाले)का नवनिर्वाचित प्रदेशसभा सदस्यहरू लीला गिरी, भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ र तुलसीप्रसाद चौधरीले तत्काल राजधानी नसार्न आग्रह गरेका हुन् ।

- Advertisement -
Ad image
प्रदेशसभाबाट लुम्बिनीको स्थायी राजधानी दाङ कायम भइसकेको छ । त्यहाँ भौतिक संरचना निर्माण गरी राजधानी स्थापित गर्ने निर्णय गरिएको थियो । अहिले कुनै संरचना नबनाई बुटवलबाट राजधानी सार्न लागिएको विज्ञप्तिमा उल्लेख छ ।

सो विषय केही दिनमै गठन हुने प्रदेशसभा र प्रदेश सरकारले टुंगो लगाउनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्