भृकुटीमण्डपमा सुरु भयो ईभी नेपाल एक्स्पो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ मंसिर २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – भृकुटीमण्डपमा शुक्रबार देखि ईभी नेपाल एक्स्पो सुरू भएको छ। नेपाल विद्दुत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले एक्स्पोको उद्‍घाटन गरेका छन् ।

पछिल्लो समयमा विद्युतीय सवारीप्रति धेरैको आकर्षण बढिरहेको र नेपालमा समेत यसका लागि आवश्यक विद्युत उत्पादन प्रशस्तै मात्रामा भइरहेको छ । यसै तथ्यलाई मध्यनजर गरी सो प्रदर्शनीमा विशेष गरि विद्युतीय कार, विद्युतीय स्कुटर र मोटरसाइकल तथा साइकल, विद्युतीय बस, विद्युतीय ट्रयाक्टर, विद्युतीय कार्गो लोडर, रिक्सा तथा विद्युतीय चार्जिङ स्टेसन, ब्याट्री तथा अन्य विद्युतीय सामाग्रीहरू प्रदर्शनमा राखिएको छ ।

विद्युतीय गाडी र सम्बन्धित उत्पादनहरूको नेपालमा भएको यो सबैभन्दा ठुलो प्रदर्शनी हुने दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array