स्याङ्जा २ मा धनराज गुरुङ २४२१ मतले अगाडि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ मंसिर २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाडौँ – स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार कांग्रेसका धनराज गुरुङ २४२१ मतान्तरले अघि छन्।

पछिल्लो मतपरिणामअनुसार गठबन्धनका साझा उम्मेदवार गुरुङले ९९८१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पद्मा अर्यालले ७५६० मत प्राप्त गरी दोस्रो स्थानमा छिन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङ ४१७६ मत प्राप्त गरेका छन्।

- Advertisement -
Ad image

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्