बाजुरामा मुचुल्का भन्दा बढी मत भेटिएपछि मतगणना रोकियो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ मंसिर २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – बाजुराको मतगणना फेरि रोकिएको छ। मत पेटीकामा मुचुल्का भन्दा बढी मत भेटिएपछि मत गणना रोकिएको बाजुराका मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जनाकारी दिए।

उनका अनुसार बाजुराको हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतगणनाका भइरहदा मुचुल्का भन्दा ४० बढी मत पाइएको हो।

हालसम्म नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले नेकपा एमालेका कर्णबहादुर थापालाई पछि पार्दै अग्रता कायम राखेका छन्।

- Advertisement -
Ad image

बाजुराको प्रदेश सभा कमा एकीकृत समाजवादीका नरेशकुमार शाही अग्र स्थानमा छन् भने एमालेका बलदेव रेग्मीले पछ्याइरहेका छन्।

४ मंसिरमा मतदानका क्रममा झडप हुँदा बुढीनन्दा नगरपालिका-९ मा यही मंसिर १० गते पुन: मतदान गरिएको थियो‍।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्