देशभरको मौसम सफा, चिसोबाट बच्न अनुरोध

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ मंसिर २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज तराईका भू–भागमा हुस्सु÷कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

- Advertisement -
Ad image

आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति पनि सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

भोलि शनिबार देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी  भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

मंसिर १८ गते आइतबार प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी  भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्