विश्वकप फुटबल: आज समूह चरणका अन्तिम चार खेल हुँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ मंसिर २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – कतारमा जारी फिफा विश्वकपमा आज (शुक्रबार) समूह चरणका अन्तिम चार खेलहरू हुँदै छन् । आज विश्वकपमा समूह ‘जी’ र ‘एच’ का समान दुई–दुई खेलहरु हुँदैछन् ।

यी चार खेलसँगै विश्वकपको समूह चरण समाप्त हुनेछ ।

- Advertisement -
Ad image

आज हुने पहिलो खेलमा समूह ‘एच’ का घाना र उरुग्वे भिड्दैछन् । कतारको अल जनौब रंगशालामा हुने खेल नेपाली समयअनुसार राति ८ः४५ बजेदेखि सुरु हुनेछ ।

यही समयमा अर्कोतर्फ यसै समूहका पोर्चुगल र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ । यो खेल इजुकेसन सिटी रंगशालामा हुनेछ ।

आजै हुने समूह ‘जी’ को खेलमा ब्राजिलले क्यामरुनविरुद्ध खेल्दै छ । कतारको लुसैल रंगशालामा हुने यो खेल राति १२ः४५ बजेदेखि सुरु हुनेछ ।

यस्तै, यही समयमा अर्कोतर्फ यही समूहका सर्विया र स्विट्जरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । यो खेल रंगशाला ९७४ मा हुनेछ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्