अर्थशास्त्री र व्यवसायीले अर्थतन्त्र संकटमा छ भनेर नभन्दिनुस: अर्थमन्त्री शर्मा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र संकटमा छ भन्ने हावा नफैलाउन आग्रह गरेका छन् ।

आर्थिक पत्रकार समाजको २६औँ वार्षिकोत्सवमा मन्त्री शर्माले अर्थतन्त्रमा संकट नभएर केही चुनौती रहेको बताए । नेपालको मिश्रित खालको अर्थतन्त्र भएको भन्दै चुनौतीमा छलफल हुनुपर्ने उनकाे भनाइ छ ।

- Advertisement -
Ad image
“अर्थतन्त्रका सूचकांक सुधार उन्मुख छन् । हाम्रो अर्थतन्त्र संकटमा छैन,” उनले भने, “राजस्व उठ्न केही कमी भएको छ । यसलाई सुधार गर्नु छ । विकास निर्माणका काम घटेका कारण केही चुनौती आएको हो ।”

त्यस्तै, निजी क्षेत्रलाई साथमा लिएर यी चुनौतीको समाधान गर्नुपर्ने उनले बताए । “हामीले निजी क्षेत्रका कुरा सुनेका छौँ । तर, अर्थतन्त्र संकटमा छ भनेर अर्थशास्त्री र व्यवसायीले नभन्दिनुस्,” मन्त्री शर्माले भने ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्