चालू पूँजी कर्जा सम्बन्धी नीति संशोधन गर्न राष्ट्र बैंक तयार छ: गभर्नर महाप्रसाद अधिकारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ मंसिर २०७९, बिहीबार
2 Min Read
Aa

काठमाडौँ – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु पूँजी कर्जा सम्बन्धी नीति संसोधन गर्न राष्ट्र बैंक तयार गरेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कार्यक्रममा गभर्नर अधिकारीले बजारलाई अनुशासनमा राख्न राष्ट्र बैंकले चालू पुँजी कर्जा सम्बन्धी नीति कार्यान्वयनमा ल्याएको बताए ।

- Advertisement -
Ad imageAd image

‘हामीले निरन्तर छलफल गरेर चालु पुँजी कर्जा सम्बन्धी नीति कात्तिक १ गतेबाट कार्यान्वयनमा ल्याएका थियौं । अझै पनि सरोकारवाला निकायका केही असहमति छन् भने संसोधन गर्न हामी तयार छौं,’ अधिकारीले भने,‘संविधान न संसोधन हुन्छ भने सरकारले ल्याएको नीति संसोधन नहुने भन्ने हुँदैन । तर, अनुशासनमा सबै बस्नै पर्छ । अनुशासनमा बस्नु पर्छ भन्ने सोचले नै चालु पुँजी कर्जा सम्बन्धी नीति कार्यान्वयन गरिएको छ ।’

नेपाल उद्योग वाणिज्य महासंघले कात्तिक १ गतेबाट कार्यान्वयनमा आएको चालु पुँजीकर्जा सम्बन्धी नीति २ वर्षका लागि स्थगीत हुनु पर्ने माग गर्दै आएको छ ।

गभर्नर अधिकारीले सेजनको कार्याक्रममा उद्योगी, व्यवसायी, बैकर लगायत सरोकारवाला निकायले दिने सुझावमा उक्त नीपि संसोधन गर्न तयार रहेको बताए पनि उद्योगीको माग अनुसार चालु पुँजी कर्जा सम्बन्धी नीति फिर्ता भने नलिने संकेत गरे ।

विश्व अर्थतन्त्रले संकट सामना गरिरहेकोले नेपालले पनि गम्भिर भएर नीति लिनु पर्ने अधिकारीको भनाइ छ । ‘रेमिट्यान्स ल्याउने, सोही रकम प्रयोग गरेर आयात गर्ने, राजस्व संकलन गर्ने अनि देश चलाउने बाटोमा गएर हुन्छ रु,’ अधिकारीले प्रश्न भने, ‘हामी भिसियस सर्कलमा छौं । सधैं यसरी चल्छ जस्तो लाग्दैन् ।’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्