सुनसरी ४ बाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – सुनसरी क्षेत्र नम्बर–४ बाट नेपाली कांग्रेसका उमेदवार ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन । सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका कार्की प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।

उनले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उमेदवार जगदीशप्रसाद कुसियैतलाई ११२ मतान्तरले पराजित गरे । कार्की लगातार दोस्रोपटक विजयी भएका हुन् ।

- Advertisement -
Ad image

बिहीबार बिहान सार्वजनिक अन्तिम मतपरिणामानुसार कार्कीले ३० हजार ४८३  मत ल्याए । कुसियैतले ३० हजार ३७१ मत पाए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्