डोटीमा वडा अध्यक्ष पुष्पराज जोशीको निधन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – डोटीको पुर्बीचौकी गाउँपालिका ६ गाजँरी का वडा अध्यक्ष पुष्पराज जोशीको हृदयघातका कारण बुधबार राति निधन भएको छ ।

बुधबार गाउँपालिकाको बैठक सकेर आफ्नो घर जाने क्रममा बाटोमा एक्कासि बेहोस भएर ढलेका थिए उनलाई अस्पताल ल्याउँदा बाटोमा निधन भएको पुर्बिचौकी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बल बहादुर खड्काले बताए ।

- Advertisement -
Ad image

६५ वर्षीय अध्यक्ष जोशीको हृदयघातका कारण निधन भएको जिल्ला अस्पताल डोटीका डाक्टर सोहन शाहले बताए ।

जोशी २०७९ साल वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्