विश्वकप फुटबल: फ्रान्स ट्युनिसियासँग १-० ले पराजित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – कतारमा जारी विश्वकप फुटबल अन्तरगत समूह डी को अन्तिम खेलमा फ्रान्स ट्युनिसियासँग पराजित भएको छ । एजुकेशन सिटी स्टेडियममा बुधबार राति भएको खेलमा ट्युनिसियाले फ्रान्सलाई १–० गोल अन्तरले पराजित गरेको हो । यस अघि नै नकआउट चरणमा प्रवेश गरेका फ्रान्स पराजित भए पनि समूह विजेता भनेको छ ।

दोस्रो हाफमा ट्युनिसियाले अग्रता लियो । दोस्रो हाफको ५८ औं मिनेटमा ट्युनिसियाले फ्रान्सको कमजोर डिफेन्सको फाइदा उठाउँदै अग्रता लियो ।

- Advertisement -
Ad imageAd image

दोस्रो हाफमा गोल खाएपछि फ्रान्सले पहिलो रोजाइका खेलाडीलाई मैदान पठाएको थियो । किलीयन एमबाप्पे, एन्टोइन ग्रिजमन र ओस्मान डेम्बेले मैदान छिरेपनि फ्रान्स गोल फर्काउन असफल रहयो ।
जितका बाबजुद ट्युनिसिया नकआउट चरणमा भने पुग्न सकेन । अर्को खेलमा अष्ट्रेलियाले डेनमार्कलाई हराएपछि ट्युनिसिया समूह चरणबाट बाहिरियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्