काठमाडौं–
नेपाल विद्युत प्राधिकरणले प्राधिकरणले कनेक्सन एग्रिमेन्ट भएका नदी प्रवाहमा आधारित १५०० मेगावाटको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) खोल्ने योजना बनाएको छ । सबैभन्दा पहिले कनेक्सन एग्रिमेन्ट भएकासँग पीपीए गर्न लागेको प्राधिकरणले जानकारी दिएको छ ।
बोर्डमा ऊर्जामन्त्री अध्यक्ष हुने व्यवस्था गरेको जानकारी दिएको छ । निर्वाचनको परिणाम आएपनि नयाँ सरकार बनिसकेको अवस्था छैन । सोही कारण नयाँ सरकार बनेपछि मात्रै पीपीए खुला गर्ने योजनामा रहेको प्राधिकरणले जानकारी दिएको छ ।
११३९१ मेगावाटका आयोजनाले पीपीएका लागि आवेदन दिएको बताइएको छ । जसमा ४२ प्रतिशत आरओआरका आयोजनाहरु रहेका छन् । प्राधिकरणले सरकारले तोकेको कोटा सकिएको भन्दै साढे तीन वर्षदेखि आरओआरको पीपीए रोकेको छ । ऊर्जा मन्त्रालयले २०७५ मा जारी गरेको श्वेतपत्र जारी गरेर १० बर्षमा १५००० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ ।
सो श्वेतपत्र अनुसार आरओआरका आयोजनाका लागि ३० देखि ३५ प्रतिशत (अधिकतम ५२५० मेगावाट) हिस्सा तोकिएको छ। अर्धजलाशययुक्त जलविद्युत आयोजना २५ देखि ३० प्रतिशत (अधिकतम ४५०० मेगावाट) , जलाशय र पम्प स्टोरेज ३० देखि ३५ प्रतिशत (५२५० मेगावाट अधिकतम) हिस्सा हुने उल्लेख रहेको छ ।
नदी प्रवाहमा आधारित १५०० मेगावाटको पीपीए खोल्ने तयारी

प्रतिक्रिया दिनुहोस्