तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २० अर्ब बजारमा पठाउँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – नेपाल राष्ट्र बैंकले २० अर्बको तरलता बजारमा पठाउने भएको छ । राष्ट्र बैंकले मंसिर १५ गते २० अर्ब तरलता बजारमा पठाउन लागेको हो । यसको ब्याजदर भने बोलकबोल प्रक्रियाबाट तय हुने छ ।

राष्ट्र बैंकले २० अर्बको रिपो जारी गरेर २० अर्बको तरलता बजारमा पठाउन लागेको हो । राष्ट्र बैंकले १४ दिनको समयको लागि २० अर्बको रिपो जारी गर्न लागेको हो ।

- Advertisement -
Ad image

बैंक तथा वित्तीय संस्थासँग भएको सरकारी ऋणपत्रको आधारमा रिपो लिन पाइन्छ । राष्ट्र बैंकले बजारमा तरलता प्रवाह गर्नको लागि प्रयोग गर्ने मौद्रिक उपकरणलाई रिपो भनिन्छ ।

२० अर्बको तरलता प्रवाह भए पनि यसले बैंक तथा वित्तीय संस्थाको ऋण दिने क्षमतामा भने प्रभाव पार्दैन । तर, तरलता व्यवस्थापनमा भने प्रभाव पर्ने गर्छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्