मत परिणाम अन्तिम चरणमा, नेपाली काँग्रेस ५३ सिटमा निर्वाचित हुँदा नेकपा एमाले ४३

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको मत परिणाम आउने क्रम जारी छ । अहिलेसम्म अधिकांश स्थानको मत परिणाम आइसकेको छ भने केही ठाउँको मात्र मत परिणाम आउन बाँकी रहेको छ ।

हाल सम्मको मत परिणाम अनुसार नेपाली काँग्रेस ५३ सिटमा निर्वाचित भएको छ भने नेकपा एमाले ४३, नेकपा (माओवादी केन्द्र) १७, नेकपा (एकीकृत समाजवादी) १०, जनता समाजवादी पार्टी ७, राष्ट्रिय स्वतन्त्र पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी ७, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल ४, नागरिक उन्मुक्ति पार्टी ३, राष्ट्रिय जनमोर्चा १, नेपाल मजदुर किसान पार्टी १, जनमत पार्टी १ र स्वतन्त्र ५ जना उम्मेदवारहरु निर्वाचित भएका छन् ।

- Advertisement -
Ad image

त्यस्तै नेपाली काँग्रेस ३ ठाउँमा अघि रहेको छ भने नेकपा एमाले २ ठाउँमा अघि रहेको छ । त्यस्तै समानुपातिकतर्फको पनि मत परिणाम अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्