काठमाडौँ – काठमाडौंको थापाथलीस्थित वाग्मती नदी किनारका सुकुम्बासी महानगरपालिकाको कार्यालयअगाडि भेला हुँदै छन् । उनीहरूले काठमाडौं महानगरको कार्यालयअगाडि धर्ना दिन लागेका हुन् ।
सोमबार सो बस्ती हटाउने क्रममा झडप भएको थियो । बस्ती खाली गराउन नदिने भन्दै उनीहरू विरोध प्रदर्शनमा उत्रिएका थिए ।
महानगरका नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेका अनुसार सुकुम्बासी अहिले महानगरको गेटमा भेला हुन थालिसकेका छन् । “महानगर कार्यालय गेटमा भेला हुन थालिसके । मेयर साबले केही गर्नुहोला । अहिलेसम्म केही टुंगो लागेको छैन । दिनभरि के हुन्छ हेरौँ,” एसपी पाण्डेले बाह्रखरीसित भने ।
सोमबार डोजरसहित उक्त सकुम्बासी बस्तीमा पसेको नगर प्रहरी टोलीमाथि ढुंगामुढा गरिएको थियो । त्यसक्रममा ३६ नगर प्रहरी घाइते भएका बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्