विश्वकपमा फुटबल: जापान कोस्टा रिकासँग ० – १ गोल अन्तरले पराजित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ मंसिर २०७९, आईतवार
1 Min Read
Aa

विश्वकपमा फुटबल अन्तर्गत समूह चरणको दोस्रो राउण्डको खेलमा जापान कोस्टारिकासँग ० – १ गोल अन्तरले पराजित भएको छ । कोस्टारिकालागि केसर फुलरले खेलको ८१ औँ मिनेटमा गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो ।

फुटबल महारथी जर्मनीलाई हराउँदै कतार विश्वकपमा सनसनी मच्चाएको जापानले आज गोल गर्न सकेन ।

- Advertisement -
Ad image

पहिलो खेलमा स्पेनसँग हारेको कोस्टारिकाले दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गरेको छ । यो नतिजासँगै समूह ई रोचक मोडमा पुगेको छ । दुई खेलपछि जापान र कोस्टारिकाको समान ३ अंक रहेको छ । सबै टोलीको नकआउट चरणमा पुग्ने सम्भावना खुला भएको छ । आज राति स्पेन र जर्मनीबीच खेल हुँदैछ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्