समानुपातिकतर्फ एमालेले २२ लाख मत कटायो, कांग्रेसको २१ लाख ६६ हजार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ मंसिर २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं – समानुपातिक प्रणालीतर्फ नेकपा (एमाले)ले सबैभन्दा बढी मत ल्याएको छ । निर्वाचन आयोगले आइतबार बिहान सार्वजनिक गरेको मत परिणाम अनुसार समानुपातिकमा एमालेले २२ लाख ६९ हजार ११४ मत पाएको हो ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २१ लाख ६६ हजार ४८९ मत पाएको छ । प्रत्यक्षतर्फ कांग्रेसले बढी सिट जिते पनि समानुपातिकमा एमाले अगाडि देखिएको हो ।

- Advertisement -
Ad image

तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)ले ९ लाख ४९ हजार ८२० मत पाएको छ भने माओवादीसँग समानुपातिकमा प्रतिस्पर्धा गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले नौ लाख १२ हजार ८३१ मत पाएको छ ।

पाँचौ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले चार लाख ८३ हजार मत पाएको छ भने जनता समाजवादीले दुई लाख ७३ हजार ४८२ मत पाएको छ । सातौं स्थानमा रहेको माधव नेपाल नेतृत्वको नेकपा -एकीकृत समाजवादीले भने दुई लाख १२ हजार ७७ मात्र मत पाएको छ ।
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्