सुनसरी ४ मा विवाद हुँदा अनिश्चितकालका लागि मतगणना स्थगित (भिडियो)

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० मंसिर २०७९, शनिबार
1 Min Read
Aa

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा विवाद भएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले अनिश्चितकालका लागि मतगणना स्थगित गरेको छ । सञ्चार तथा सूचना मन्त्री समेत रहेका कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनाका क्रममा धाँधली भएको आरोप लगाएपछि त्यहाँ विवाद सुरु भएको थियो ।

- Advertisement -
Ad image

कार्कीले शुक्रबारराति मतगणनामा हुँदै नभएको ६०६ मत एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतकोमा जोडेको आरोप लगाएका थिए ।

सर्वदलीय र सर्वपक्षीय छलफलमा विवाद हुँदा मत गणना कार्यको सहज वातावरण नभएको भन्दै  मतगणना रोकिएको हो ।

भिडियो:

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्