विश्वकप फुटबल अन्तर्गत भर्खरै सम्पन्न समूह चरण अन्तर्गत नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल १-१ गोल को बराबरीमा सकिएको छ ।
उनीहरू दुवैको समान ४ – ४ अंक भएको छ ।
आज सम्पन्न खेलमा छैटौ मिनेटमा गोल गर्दै नेदरल्यान्ड्सले अग्रता लिएको थियो ।
नेदरल्यान्ड्सका लागि गाप्को कोडीले गोल गरेका थिए ।
पहिलो हाप १- ० को स्थितिमा सकियो ।
तर दोस्रो हापमा सम्हालिन नसक्दा नेदरल्यान्ड्सले अग्रता जोगाउन सकेन ।
खेलको ४९ औ मिनेटमा इक्वेडरका भ्यालेन्सियाले गोल गरेर र खेललाई बराबरीमा पुर्याए ।
त्यसपछि थप गोल हुन सकेन र खेल बराबरीमा सकियो ।


प्रतिक्रिया दिनुहोस्