रुपन्देही २ बाट एमालेका विष्णुप्रसाद पौडेल विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ मंसिर २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं–
रुपन्देही २ बाट नेकपा एमालेका उम्‍मेदवार विष्णुप्रसाद पौडेल प्रतिनिधिसभा सदस्यका लागि विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी उम्‍मेदवार गणेश पौडेललाई १ हजार ३६६ मतान्तरले हराउँदै पौडेल विजयी भएका हुन् । विष्णु पौडेलले २७ हजार १४८ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले २५ हजार ७८२ मत ल्याए ।
सत्ता गठबन्धनको समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशब सुर्यवंशीले २२ हजार १० मत र स्वतन्त्र उम्‍मेदवार १ हजार २९ मत ल्याए । रुपन्देही(२ मा कूल ८१ हजार २०२ मत खसेको थियो ।

गोरक्ष पोस्ट

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्