काठमाडौं–
कैलाली–२ बाट नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अरूण कुमार चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार झपट बहादुर रावललाई ५ हजार ७४३ मतान्तरले पराजित गर्दै चौधरी निर्वाचित हुन सफल भएका हुन् । चौधरीले २१ हजार ८७१ मत पाउँदा एमालेका रावलले १६ हजार १२८ मत प्राप्त गरे । यस्तै माओवादी केन्द्रका उम्मेदवार भगतबहादुर बढुवालले १५ हजार ११६ मत ल्याए ।
कैलाली–२ बाट नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अरूण कुमार चौधरी निर्वाचित

प्रतिक्रिया दिनुहोस्