हिमालयन डिष्टिलरीले ७० प्रतिशत लाभांश वितरण गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ मंसिर २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं–
कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले हिमालयन डिष्टिलरीले लिमिटेडले गत आथिक वर्षका लागि कुल ७० प्रतिशत लाभांश वितरण गर्ने भएको छ। गत आर्थिक वर्षको संचित मुनाफाबाट सो घोषणा गरेको हो।
उक्त लाभांश मध्ये कम्पनीले लगानीकर्तालाइ चुक्ता पुँजीको ६० प्रतिशत बोनस सेयर र १० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने भएको छ।
कम्पनीले वितरण गर्ने प्रतिफलको दर अघिल्लो वर्ष वितरण गरेको लाभांशको तुलनामा भने कम हो । अघिल्लो आर्थिक वर्ष अर्थात २०७७÷२०७८ मा कम्पनीले लगानीकर्ताहरुलाइ चुक्ता पुँजीको ७५ प्रतिशत बोनस सेयर तथा २५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

कम्पनीले गत वर्षको मुनाफाबाट वितरण गर्न लागेको उक्त लाभांश आगामी २२ औं साधारण सभाबाट अनुमोदन पुस २७ गते गर्ने भएको छ । कम्पनीको साधारणसभा वीरगञ्ज महानगरपालिका २१ लिपनिविर्तास्थित कम्पनी रजिष्टर्डको कार्यलयमा संचालन हुने जानकारी दिएको छ ।
साधारण सभा तथा लाभांश वितरणका लागि पुस २० गते बुधबार बुक क्लोज मिति कम्पनीले तोकेको छ।

प्रतिक्रिया दिनुहोस्

Array