ताप्लेजुङमा मतगणना सुरु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ मंसिर २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौँ – ताप्लेजुङमा मतगणना सुरु गरिएको छ । जिल्लाका दुर्गम एवं विकट क्षेत्रका मतपेटिका आइपुगेसँगै सर्वदलीय बैठकपछि केहिबेर अघिदेखि मतगणना सुरु गरिएको हो ।

मुख्य निर्वाचन अधिकृतको  कार्यालयमा  प्रतिनिधिसभा तर्फको मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत निर्मला योङ्याले जानकारी दिए । उनका अनुसार पहिला प्रतिनिधिसभातर्फको गणना सकिएपछि प्रदेशसभातर्फको गणना सुरु गरिने छ ।

- Advertisement -
Ad image

जिल्लाका  दुर्गम तथा हिमाली भेगका मतपेटिका आज बिहान मात्र सदरमुकाम ल्याइ पुर्याँइएको थियो । फाक्ताङलुङ  गाउँपालिकामा पर्ने याङमा, घुन्सा, ग्याब्ला र ओलाङचुङगोलाका मतपेटिका पैदल र सवारी साधनमा हुँदै आज बिहान मात्र ल्याइपुर्याँइएको थियो ।

यहाँ कुल ८८ हजार दुई सय ८५ मतदातामध्ये पुरुष ४७ हजार ८० र महिला ४१ हजार दुई सय पाँच छन् । दुई वटा अस्थायीसहित एक सय २५ वटा मतदान केन्द्रबाट ४८ हजार तीन सय ५५ जना मतदाताले मतदान गरेको बताइएको छ ।

प्रतिनिधिसभा सदस्य पदमा नेकपा ९एमाले०का योगेशकुमार भट्टराई र गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का खेलप्रसाद बुढाथोकी ९पराग० बीच मुख्य प्रतिस्पर्धा छ । भट्टराई यसअघिको निर्वाचनमा नेपाली कांग्रेसका केशव दाहाललाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य बनेका थिए। बुढाथोकी भने पहिलो पटक गठबन्धनका तर्फबाट निर्वाचनमा होमिएका हुन् ।

यस्तै प्रदेशसभा क्षेत्र १ मा एमालेका तिलकुमार मेन्याङ्बो र गठबन्धका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का खेमबहादुर वनेमबीच प्रतिस्पर्धा छ । यता प्रदेशसभा क्षेत्र २ भने एमालेका गोपाल थोप्रा र गठबन्धनबाट कांग्रेसका खगेनसिं हाङ्गामबीच प्रतिस्पर्धा छ । प्रतिनिधिसभा र प्रदेशसभामा गरी २६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्