मुस्ताङबाट कांग्रेस विजयी, योगेश गौचन थकाली निर्वाचित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ मंसिर २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौँ –  प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नेपाली कांग्रेसले मुस्ताङबाट खाता खोलेको छ । कांग्रेसका उमेदवार योगेश गौचन थकाली तीन हजार ९९२ मतसहित निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीले बताएका छन ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उमेदवार प्रेम तुलाचनले तीन हजार ७८ मत पाएका छन् । यहाँ सात हजार २३० मत खसेको थियो ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्