मतपेटिका संकलन समयमा नै सकिने र सर्वदलीय सहमति जुटेका स्थानमा अव केहिबेर पछि मतगणना शुरु हुने भएको छ । काठमाडौंको निर्वाचन क्षेत्र न. १ र ४ को आजै रातिदेखि मतगणना शुरु गर्ने सहमति भएको छ ।
सबै मतदानस्थलबाट मतपेटिका संकलन भएको र सर्वदलिय बैठकबाट समेत सहमती जुटेकाले काठमाडौंको मतगणनाको तयारी भएको हो ।
काठमाडौं-१ को मतगणना संघीय संसद भवन रहेको अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा हुनेछ भने काठमाडौं–४ को गणना बुढानीलकण्ठस्थित जेष्ठ नागरिक आश्रम परिसरमा हुनेछ ।
यस्तै अन्य जिल्लामा समेत मत गणनाको तयारी भइरहेको छ । भक्तपुर, मोरंग, ललितपुर, झापा लगायतका जिल्लामा मतगणना शुरु गरिने सम्बद्ध श्रोतले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्