अहिले सम्मको विवरण अनुसार ६१ प्रतिशत मत खस्यो, केहि बढ्न सक्ने : निर्वाचन आयोग

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ मंसिर २०७९, आईतवार
1 Min Read
Aa

केहीबेर अघि सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा ६१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । यो मत प्रतिशत केहि बढ्न सक्ने आयोगले स्पष्ट पारेको छ ।

निर्वाचन आयोगले भर्खरै पत्रकार सम्मेलन गरी ६१ प्रतिशत मत खसेको जानकारी गराएको हो।

- Advertisement -
Ad imageAd image

बिहान ७ बजेदेखि सुरू भएको मतदान साँझ ५ बजे यति मत खसेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए। यो अहिलेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएको विवरणअनुसार भएको उनले बताए।  अझै केहि विवरण प्राप्त हुन् बाँकी रहेको र विवरण प्राप्त भएपछि संख्या बढ्न सक्ने पनि आयोगले अनुमान गरेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्