ताप्लेजुङको फूलबारी मतदान केन्द्रमा झडप, ४ राउन्ड हवाई फायर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ मंसिर २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका वडा नं २ मा रहेको फूलबारी मतदान केन्द्रमा सत्ता गठबन्धन र नेकपा एमाले कार्यकर्ताबीच झडप भएको छ ।

विवादपछि दुई पक्षका कार्यकर्ताबीच झडप भएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोख्रेलले जानकारी दिए । झडप नियन्त्रणका लागि चार राउन्ड हवाई फायर र लाठी चार्ज गर्नुपरेको उनले बताए ।

- Advertisement -
Ad image

झडपका कारण केही समयका लागि मतदान रोकिएको प्रजिअ पोख्रेलले बताए । रोकिएको मतदान सुरु गर्न प्रयास भइरहेको उनको भनाइ छ ।

यसैबीच ताप्लेजुङमा अहिलेसम्म ५० प्रतिशत मत खसेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्