एउटाको मत अर्कैले खसाले पछि दार्चुला मालिकार्जुन मावि मतदान केन्द्रमा तनाव, मतदान रोकियो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ मंसिर २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिका ५ मालिकार्जुन मावि ग्वानी बगौरा मतदान केन्द्रमा तनाव उत्पन्न भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केहि राउण्ड हवाई गरेको हो ।

मतहाल्न पुगेका वास्तविक मतदाताको मत पहिल्यै अरूकसैले खसालेको भेटिएपछि भएको विवादका क्रममा एक जना महिलाको टाउकोमा प्रहरीको लठ्ठीले लागेको थियो । त्यसपछि स्थानीय बासिन्दाले आक्रोशित हुँदै ढुंगामुठा गर्न थालेपछि केहि राउण्ड हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ ।

- Advertisement -
Ad image

हवाई फायर पछि अहिले मतदान रोकिएको छ र मतदान सञ्चालनका लागि पहल भइरहेको बताइएको छ  ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्