एमाले कार्यकर्ता पक्राउ परेपछि तनहुँको घिरिङमा मतदान सुरू हुन सकेन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ मंसिर २०७९, आईतवार
1 Min Read
Aa
partinidhi

काठमाडौँ – तनहुँको घिरिङ गाउँपालिका-१ मा प्रहरीले दुईजना एमाले कार्यकर्ता पक्राउ गरेपछि मतदान सुरू हुन सकेको छैन ।

हिजो बेलुका कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएपछि प्रहरीले दुईजना एमालेका कार्यकर्तालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डीएसपी) युवराज खड्काले बताए ।

- Advertisement -
Ad image

उनका अनुसार झडपका कारण घिरिङ गाउँपालिका-१ पुट्टारस्थित कृष्ण मावि मतदान केन्द्रमा मतदान कार्य सुचारु हुन सकेको छैन ।

एमाले नेता विष्णुभक्त सिग्देलले एमालेको विजय सुनिश्चित हुने देखेपछि एमाले कार्यकर्ता पक्राउ गरेर त्रास फैलाउने काम गरिएको बताए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्