गठबन्धनको एक मूख्य घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री को बन्ने भन्ने बिषयले गठबन्धन नटुट्ने बताएका छन् ।
चितवनमा निर्वाचन क्षेत्र न. ०३ अन्तर्गत भरतपुर महानगरपालिका वडा नं. १४ मा रहेको नेपाल पुलिस स्कुल शान्तिपुरको मतदान केन्द्र मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै भने, ‘प्रधानमन्त्रीकै कारणले गठबन्धन टुट्दैन । जबसम्म संविधान, समृद्धिमा प्रश्न रहन्छ तबसम्म यो गठबन्धन कायमै रहन्छ ।’
साथै अध्यक्ष प्रचण्डले चितवन छोडेको नभई गोरखा गएको र यो चुनौती र अवसर दुवै भएको समेत वताए । साथै उनले ’ चितवन आफ्नो घर भएकोले र गोरखा २ आफ्नो निर्वाचन क्षेत्र भएको नाताले चितवन र गोरखा दुवै जिल्लालाई उतिकै महत्व दिने समेत बताए ।
प्रचण्डले आवधिक निर्वाचनले संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षा हुने समेत वताएका छन् ।


प्रतिक्रिया दिनुहोस्