आज राति १२ बजेदेखि सवारी साधन चलाउन रोक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ मंसिर २०७९, शनिबार
1 Min Read
Aa

आज राति १२ बजेदेखि आइतबार साँझ मतदान सम्पन्न नहुँदासम्म सवारी साधन चलाउन रोक लगाइएको छ । निर्वाचनको सुरक्षालाई लक्षित गरी गृह मन्त्रालयले आज राति १२ बजेदेखि गाडी चलाउन रोक लगाएको हो।

आइतबार बिहानैदेखि मतदान रहेकाले निर्वाचन सुरक्षालाई बलियो बनाउन अत्यावश्यक बाहेकका सवारी साधन चलाउन रोक लगाइएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए।

- Advertisement -
Ad image

मतदानका दिन आवश्यक सेवाका लागि सञ्चालन हुने एम्बुलेन्स, दुध र तरकारी बोक्ने गाडी  तथा सञ्चारकर्मी, पर्यवेक्षक, अनुगमनकर्ता लगायतका सवारीसाधनलाई भने संचालनमा रोकिने छैन ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्