भ्रामक सूचना फैलाउनेलाई कारवाही गर्न निर्वाचन आयोगको मेटा र साइबर ब्युरोलाई आग्रह

यस्ता भ्रामक सूचना भाइरल बनेपछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आपत्ति जनाउदै संयुक्त वक्तव्य मार्फत यस्ता कार्यमा संलग्नलाई कारबाही गर्न  माग गरेका छन् । 

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ मंसिर २०७९, शनिबार
1 Min Read
Aa

सेतोपाटी, अनलाइनखबर, नयाँ पत्रिका लगायत अनलाइन सञ्चार माध्यमको मास्टहेडको दुरूपयोग गरी सामाजिक सञ्जालमा भ्रम फैलाइएपछि निर्वाचन आयोगले मेटा र साइबर ब्युरोलाई जानकारी गराएको र यस्ता कार्यमा संलग्नलाई कारबाही गर्न माग गरेको निर्वाचन आयोगका एक अधिकारीले बताएका छन् ।

शनिबार आयोगले फेसबुकको कम्पनी मेटा र नेपालको साइबर ब्युरोलाई यसबारे जानकारी गराउदै कारवाहीको माग गरेको हो । विभिन्न मिडिया समेतको दुरूपयोग गरी ‘प्रचण्ड बाहेकका माओवादी उम्मेदवारलाई भोट नदिन कांग्रेसको गोप्य सर्कुलर’ जस्ता समाचारका फोटोहरू सामाजिक सञ्जालमा भाइरल बनेका थिए।

- Advertisement -
Ad image

यस्ता भ्रामक सूचना भाइरल बनेपछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आपत्ति जनाउदै संयुक्त वक्तव्य मार्फत यस्ता कार्यमा संलग्नलाई कारबाही गर्न  माग गरेका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्