भ्रामक समाचार फैलाउनेलाई कारवाही गर्न सम्बन्धित निकायलाई प्रेस काउन्सिलको ध्यानाकर्षण

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ मंसिर २०७९, शनिबार
1 Min Read
Aa

सञ्चार माध्यमको मास्टहेड प्रयोग गरी राजनीतिक दल तथा उम्मेदवारका बारेमा अफवाहपूर्ण, दुष्प्रचारयुक्त, गलत एवं भ्रामक समाचार बनाइ सामाजिक सञ्जालबाट सम्प्रेषण भएको प्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रेस काउन्सिल नेपालका अनुसार भाइरल भएका त्यस्ता समाचार सामग्रीका सम्बन्धमा सम्बन्धित मिडियासँग जानकारी माग गर्दा ‘ती शीर्षकमा त्यस किसिमका कुनै समाचार सम्प्रेषण नगरेको र आफ्नी मास्टहेडको दुरुपयोग गरिएका फेक न्यूज भएको जवाफ प्राप्त भएको जनाएको छ।

- Advertisement -
Ad imageAd image

कतिपय मिडियाले आफ्नो सामाजिक सञ्जालबाट त्यसबारे प्रष्ट्याइसकेका भन्दै गलत सूचनामा नफैलाउन समेत प्रेस काउन्सिल नेपालले अनुरोध गरेको छ।

निर्वाचनमा प्रभाव पार्ने किसिमले अफवाहपूर्ण, दुष्प्रचारयुक्त / फेक न्युजबाट सजग रहन प्रेस काउन्सिल अनुरोध गरेको छ । साथै स्थिर समयमा सामाजिक सञ्जालबाट दुष्प्रचारयुक्त / अफवाहपूर्ण सामग्री सम्प्रेषण भएमा विद्युतीय अपराध सम्बन्धी कानुन आकर्षित हुने हुँदा त्यसतर्फ सम्बन्धित निकायको समेत ध्यानाकर्षण गराएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्