टिकट नभए पनि कतारमा विश्वकप हेर्न सकिने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ मंसिर २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ– हय्या कार्ड तथा टिकट नभएकाहरूले पनि कतारमा विश्वकप हेर्न पाउने भएका छन्। आइतबार अर्थात् २० नोभेम्बरमा सुरु हुने फिफा विश्वकप-२०२२ हय्या कार्ड तथा टिकट नभएकाहरूलाई पनि विश्वकप हेर्ने व्यवस्था गरिएको छ।

कतार सरकारको गृह मन्त्रालयले सरोकारवालाहरूसँग आयोजना गरेको भर्चुअल बैठकमा निःशुल्क खेल देखाउने तयारी भइरहेको जानकारी दिएको हो। विशेषगरी कतारको औद्योगिक क्षेत्रमा बस्ने श्रमिकहरूलाई लक्षित गरी तीन स्थानमा ठुलो पर्दाको व्यवस्था गरी हय्या कार्ड तथा टिकट नभएकाहरूलाई खेल हेर्ने व्यवस्था मिलाइएको छ।

- Advertisement -
Ad imageAd image

१८ डिसेम्बरसम्म चल्ने विश्वकप एसियन टाउन भित्रको क्रिकेट स्टेडियम, न्यु इन्डस्ट्रियल एरिया स्ट्रीट ५५ र अल खोर स्पोर्ट कम्पेक्स फ्यान जोनमा टिकट नभएकाहरुले हेर्न सक्ने कतार सरकारले जनाएको छ।

सुविधाहरु क्रमशस् आर्केस्ट्रा प्रदर्शन, सांस्कृतिक कार्यक्रमहरू, सांस्कृतिक र खेलकुद प्रतियोगिताहरू, ड्र मार्फत सर्वसाधारणलाई उपहार, निःशुल्क मधुमेह र ब्लड प्रेसर जाँच र फ्री वाईफाईलगायतका सुविधा पनि रहनेछ।

फ्यान जोनभित्र क्याफेटेरिया र रेस्टुरेन्ट पनि छन् भने निःशुल्क बसकोसमेत व्यवस्था गरिएको छ। यी ठाउँहरूमा कडा सुरक्षा व्यवस्थापन गरिएको छ। कतार सरकारले गरेको यो व्यवस्थासँगै अब टिकट तथा हय्या कार्ड नभएका नेपालीसहित विदेशी नागरिकहरूले पनि निस्शुल्क विश्वकपका खेलहरू हेर्न पाउने छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्

TAGGED: