मेरो जित काठमाडौं २ का जनता र गठबन्धनको जित होः ओनसरी घर्ती

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – सत्तारुढ गठबन्धनबाट काठमाडौँ क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा उम्मेदवार ओनसरी घर्तीले आफूले चुनाव जित्ने दाबी गरेकी छन्।

केपी ओली संविधानको भक्षक भएकाले त्यसको रक्षाका लागि लडेको सत्तारुढ गठबन्धनको उम्मेदवार भएकाले आफूले चुनाव जित्ने उनको जिकिर थियो।

- Advertisement -
Ad image

लोकतान्त्रिक–वाम गठबन्धन काठमाडौँ क्षेत्र २ द्वारा बिहीबार काठमाडौँमा आयोजित चुनावी सभामा बोल्दै घर्तीले आफ्नो जितलाई असत्यविरुद्ध सत्यको जितको रुपमा चित्रण गरिन्। आफ्नो जित नै सत्तारुढ गठबन्धनको जित भएको उनले तर्कसमेत गरिन्।

उनले भनिन्, ‘हामी जित्दैछौँ। यो जित मेरो केवल एक जनाको जित होइन। यो जित त संविधानको भक्षकको विरुद्ध रक्षकहरु जित हो। यो असत्यको विरुद्ध सत्यको जित हो। यो नेपाली कांग्रेसको जित हो। नेकपा (माओवादी केन्द्र) को जित हो। यो एकीकृत समाजवादीको जित हो। अन्ततः यो जित काठमाडौँ क्षेत्र नम्बर २ निवासी जनसमुदायको जित हो। हामी सबैको जित हो।’

घर्तीले आफू निर्वाचित भए महिलामाथि हुने सबै प्रकारका विभेद अन्त्य हुने गरी कानुन निर्माण गर्ने आश्वासन दिइन्। जनताको जीवनस्तरमा सुधार गर्ने, दिगो विकास, समावेशीसहितको समृद्धिको एजेण्डालाई पूरा गर्ने उनको भनाइ छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्