काठमाण्डौमा हजारौ संख्यामा रहेका सुकुम्बासीको प्रदर्शन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौंको बागमती किनारमा बसोबास गर्दै आएका सुकुम्बासीलाई दश दिनभित्र उक्त स्थान खाली गर्न बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले सूचना जारी गरेपछि सुकुम्बासी बस्तीका हजारौ नागरिकले प्रदर्शन गरेका छन्।

बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले कात्तिक २५ गते सुचना जारी १० दिनभित्र अथार्त मंसिर ४ गते सम्म बस्ती हटाउन सूचना जारी गरेको थियो । उक्त सुचना जारी भएको ७ दिनपछि सुकुम्बासी बस्तीका हजारौ वासिन्दाले आन्दोलन गरेका हुन्।

- Advertisement -
Ad image

बिहीबार दिउँसो १२ बजे माइतीघर मण्डलमा भेलाभई आन्दोलन सुरु गरेर बानेश्वर संसद भवन तर्फ लागेका हुन् । उक्त आन्दोलनलाई नागरिक समाजले पनि  समर्थन गरेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्