सन् २०२४ को चुनावमा उठ्ने अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४ को राष्ट्रपति चुनावमा उठ्ने घोषणा गरेका छन । अमेरिकालाई पुनः महान र गौरवशाली बनाउन राष्ट्रपतिमा उम्मेदवारी दिने घोषणा गरेको उनको भनाइ छ ।

रिपब्लिकन पार्टीबाट पूर्व राष्ट्रपति ट्रम्पले रुसले नेटोलाई आक्रमण गरिरहँदा वर्तमान राष्ट्रपति जो बाइडेन निदाइरहेको समेत आरोप लगाए । ट्रम्पले आउँदो चुनावमा उम्मेदवारी दिने घोषणा गरेपछि जो बाइडेनको टिमले ट्रम्पले अमेरिकालाई असफल बनाएको टिप्पणी गरेको बीबीसीले जनाएको छ ।

- Advertisement -
Ad imageAd image

पूर्व राष्ट्रपति ट्रम्पले संसद् भवनमा भएको आक्रमण र राष्ट्रपति पदबाट बाहिरिएपछि अति गोप्य कागजपत्रको व्यवस्थापनलाई लिएर सङ्घीय जाँचको सामना गरेका छन । आठ वर्षअघि राष्ट्रपति पदका लागि रिपब्लिकन दलभित्र उम्मेदवारको खोजी हुँदा ट्रम्पले फ्लोरिडाका गभर्नरसँग प्रतिस्पर्धा गर्नुपरेको थियो ।
एजेन्सी

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्