नेपालगञ्जमा गएराती बम बिष्फोट भएको छ । भृकुटीनगरमा बेलुकी बम विष्फोट हुँदा २ जना घाइते भएका छन् ।
दिवाकार मल्लको घरमा बम विष्फोट भएको प्रहरीले वताएको छ । बिस्फोटमा परि सल्यानका डिल्ली बहादुर डिसी र कैलालीका धर्म बहादुर बडुवाल घाइते भएका छन् ।
डिल्ली बहादुर डिसी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको अखिल क्रान्तिकारी बाँकेका जिल्ला अध्यक्ष रहेको खुलेको छ । बम बनाउने क्रममा बुधबार विष्फोट भएको बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।
उनकाअनुसार कोठाभित्र बम बनाउँदै गर्दा प्रहरीले थाहा पाएपछि हतपत भाग्न खोज्दा प्रेसर कुकर बम विष्फोट भएको थियो। बडुवालको अवस्था गम्भीर रहेको छ।
घाइते दुवैजनाको भेरी अस्पतालमा उपचार भइरहेको छ। कोठाभित्र भेटिएको दुइवटा बममध्ये एउटा विष्फोट नभएपछि अर्कोलाई नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको प्रहरी उपरीक्षक अधिकारीले बताए।


प्रतिक्रिया दिनुहोस्